स्कुल बसले मोटरसाइकललाई ठक्करदिँदा मदरसा हिँडेका दुई जना मारिए

स्कुल बसले मोटरसाइकललाई ठक्करदिँदा मदरसा हिँडेका दुई जना मारिए

बुटवल : मदरसामा पढ्न हिँडेका एकै घरका २ जनालाई रुपन्देहीको लुम्बिनीमा स्कुल बसले ठक्कर दिँदा मृत्यु भएको छ।

लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको स्कुल बसले लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीस्थित लुम्बिनी–ककरहवा सडक खण्डमा ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।

बसको ठक्करबाट १ जना घाइते भएका छन्। मोटरसाइकललाई बसले पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षका महम्मद इसाद र १६ वर्षको रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खानुत घाइते भएकी छिन्। उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ। घाइते खातुनको अवस्था गम्भीर छ।

रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी मनोहर भट्टले बसको ठक्करबाट २ जनाको मृत्यु भएको र एक जना घाइते रहेको बताए। ठक्कर दिने बस नियन्त्रणमा लिएको उनले बताए।

महम्मदले रुपसना र अप्सनालाई मदरसा लैजाँदै थिए। दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।

मंसिर १६, २०८० शनिबार १७:००:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।