पाँच महिनाका लागि काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

पाँच महिनाका लागि काठमाडौं महानगरले माग्यो २३० कर्मचारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले पाँच महिनाका लागि २३० कर्मचारी मागेको छ।

महानगरभित्रका गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणका लागि ट्याबलेटमार्फत तथ्याङ्क संकलन तथा सुपरिवेक्षणका लागि २३० कर्मचारीको लागि आवेदन खुलाएको हो।

महानगरले २१ सुपरिवेक्षक र २०९ गणक मागेको हो। सुपरिवेक्षकका लागि स्नातक तहको योग्यता तोकिएको छ भने गण्कका लागि प्लस २ सम्म अध्ययन गरेको हुनुपर्नेछ।

सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० र थप दुई हजार इन्टरनेट खर्च भनेर दिइनेछ भने गणकका लागि मासिक ३२ हजार ९०२ र थप दुई हजार इन्टरनेट खर्च भनेर उपलब्ध गराइनेछ।

इच्छुक र योग्यता पुगेकालाई पुस ६ गतेभित्र दरखास्त दिन महानगरले सूचनामा आग्रह गरेको छ। दरखास्त अनलाइनबाटै निःशुल्क दिन सकिनेछ।

१६ मंसिर, २०८०, ०९:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।