६ आधारमा टेक्दै टेकनाथको नाममा निस्कियो १५ लाखको धरौटी

६ आधारमा टेक्दै टेकनाथको नाममा निस्कियो १५ लाखको धरौटी

काठमाडौँ : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने समूहमा रहेको अभियोगमा पुर्पक्षमा रहेका भुटानी नेता टेकनाथ रिजालको नाममा १५ लाखको धरौटी निस्किएको छ।

काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावलोकन निवेदनको आधारमा अदालतले ६ आधार टेक्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उनले अदालतको बयानमा इन्कारी गरेको, जाहेरवालासँग पैसा लिएको पुष्टि नभएको, अभियोग दाबी अनुसार उनी ठगीमा प्रत्यक्ष संलग्न रहेको पुष्टि हुन नसकेको अदालतले तर्क गरेको छ।

यसैगरि उनको उमेर ७६ वर्ष भई ज्येष्ठ नागरिक देखिएको, मानसिक स्वास्थ्यमा समस्या देखिएको र शरणार्थी नेता भएर नेपालमा निर्वासित जीवन व्यतीत गरेर बसेकाले अन्य देशमा भागी जाने अवस्था नरहेको भन्दै उनलाई १५ लाख धरौटी लिएर कारागार मुक्त गर्न अदालतले आदेश दिएको छ।

मंसिर १५, २०८० शुक्रबार १७:१२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।