चेक बाउन्स मुद्दामा कांग्रेस सांसदलाई एक वर्ष जेल सजाय, ५५ लाख जरिवाना

चेक बाउन्स मुद्दामा कांग्रेस सांसदलाई एक वर्ष जेल सजाय, ५५ लाख जरिवाना

एजेन्सी : भारतको राजस्थानको कोटपुतली बेहरोर जिल्लाको एक अदालतले चेक बाउन्स मुद्दामा भारतीय कांग्रेस सांसद वेदप्रकाश सोलंकीलाई एक वर्षको जेल सजाय सुनाएको छ।

अतिरिक्त मुख्य न्यायाधीश निखिल सिंहको इजलासले चक्सु क्षेत्रका सांसद वेदप्रकाश सोलंकीलाई ५५ लाख जरिवाना पनि लगाएका छन्।

यस मुद्दामा वादीका वकिल महेन्द्रकुमार प्रजापतले बुधबार उजुरीकर्ता मोहरसिंह यादवलाई ५४ लाख रुपैयाँ जरिवाना दिइने बताए।

अधिवक्ता प्रजापतले सन् २०१५ मा वेदप्रकाश सोलंकीले जग्गाको कारोबारमा मोहरसिंह यादवसँग ३५ लाख रुपैयाँ लिएको बताए।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यो सम्झौता पूरा नभएपछि वेदप्रकाश सोलंकीले मोहर सिंह यादवलाई ३५ लाख रुपैयाँको चेक दिएका थिए जुन बाउन्स भयो।

त्यसपछि मोहरसिंह यादवले वेदप्रकाश सोलंकीविरुद्ध मुद्दा दायर गरेका थिए।

मंसिर १४, २०८० बिहीबार ०७:३०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।