एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा आजबाट सुरू हुँदै, बैतडीमा एमाले शीर्ष नेताको जमघट

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा आजबाट सुरू हुँदै, बैतडीमा एमाले शीर्ष नेताको जमघट

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा आजबाट सुरू गर्दैछ।

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार अहिले बिहान ८ बजे बैतडीको झुलाघाटबाट अभियानको आरम्भ हुनेछ।

अभियानका लागि एमाले अध्यक्ष एवं अन्य शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै बैतडीको झुलाघाट पुगिसकेका छन्।

अभियानको सुरूवात बैतडीको झुलाघाटमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्ने एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए।

पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मुख्य लक्ष्य भएको एमालेले जनाएको छ। त्यस्तै सामाजिक सद्भाव बढाउँदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रित हुने बताइएको छ।

सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुने एमालेले जनाएको छ।

१९ दिनमा सङ्कल्प यात्राको पुस ५ गते सन्देश प्रवाह गर्ने गरेर काठमाडौंमा समापन हुने बताइएको छ। बैतडीबाट सुरु हुने कार्यक्रम पाँचथरको चिवाभञ्याङसम्म पुग्नेछ।

मंसिर १४, २०८० बिहीबार ०७:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।