कोशीमा बजेट प्रतिस्थापन विधेयकमाथिको छलफल आज पनि, मुख्यमन्त्रीले जवाफ पनि आजै

कोशीमा बजेट प्रतिस्थापन विधेयकमाथिको छलफल आज पनि, मुख्यमन्त्रीले जवाफ पनि आजै

काठमाडौं : कोशी प्रदेश सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकमाथिको सैद्धान्तिक छलफल आज पनि जारी रहने भएको छ।

सोमबारदेखि सुरु भएको प्रतिस्थापन विधेयकमाथिको सैद्धान्तिक छलफल मंगलबार पनि जारी रहने कोशी प्रदेश सभा सचिवालयले जनाएको छ।

बिहान ११ बजे बस्ने बैठकमा हिजो भनाइ राख्न बाँकी सांसदहरूले छलफल सकेपछि मुख्यमन्त्री केदार कार्कीले जवाफ दिने कार्यक्रम रहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए।

सोमबारको बैठकमा अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरूले असन्तुष्टि जनाएका थिए।

सांसदहरूले नयाँ योजना छनौट र अध्यादेशमा राखिएका योजना कटौतीबारे आपत्ति जनाएका छन्।

अघिल्लो सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ गते जारी गरेको अध्यादेश बजेटमा ५० करोड रुपैयाँ थप गर्दै मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक ल्याएका थिए।

उनले ल्याएको विधेयकमा पहिलेका कार्यक्रमहरु कटौती गरेको भन्दै एमाले सांसदहरू असन्तुष्ट बनेका हुन्।

मंसिर १२, २०८० मंगलबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।