यी हुन् इजरायल र हमासबीच थपिएको दुई दिने युद्धविरामको शर्त

यी हुन् इजरायल र हमासबीच थपिएको दुई दिने युद्धविरामको शर्त

एजेन्सी : इजरायल र हमासबीच दुई दिनका लागि अस्थायी युद्धविराम भएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यस परिष्कृत सम्झौता अन्तर्गत हमासले अन्य २० इजरायली बन्धकहरूलाई छाड्नेछ।

यससँगै इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार उसले थप ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।

इजरायली प्रधानमन्त्री कार्यालयले मंगलबार बिहान भन्यो, ‘सरकारले थप इजरायली बन्धकहरूलाई रिहा गर्नका लागि ५० प्यालेस्टानइनी बन्दीलाई रिहाको लागि स्वीकृति दिएको छ।’

गएराति हमासले ११ इजरायली बन्दीलाई रिहा गरेको छ। जसमा जर्मन, फ्रान्सेली र अर्जेन्टिनाका नागरिक पनि सामेल थिए।

यसैबीच, इजरायलले राति अबेरसम्म आफ्नो जेलबाट ३३ प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले ट्वीटरमा रिहा भएका ११ इजरायलीमध्ये धेरैसँग दुई देशको नागरिकता रहेको बताएका छन्।

विवरण दिँदै उनले लेखेका छन्, ‘गाजाबाट रिहा भएका इजरायलीहरूमा तीन फ्रान्सेली नागरिक, दुई जर्मन र छ अर्जेन्टिनाका नागरिक छन्।’

हमास र गाजाको स्थानीय मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले सोमबार राति इजरायलले रिहा गरेका ३३ जनामध्ये ३० जना केटा र तीन जना महिला रहेको बताएको छ।

अस्थायी युद्धविरामको समय लम्बिएसँगै राहत सामग्रीले भरिएका थप गाडीहरू गाजा पुग्नेछन्।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो जसमा १२०० मानिस मारिएका थिए भने २४० जनालाई हमासले बन्धक बनाएको थियो।

यसपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ जसमा १४५०० जनाको मृत्यु भएको छ।

गत शुक्रबारदेखि हमास र गाजाबीच भएको सम्झौताअनुसार अस्थायी युद्धविराम लागू भएको छ, जुन बुधबारसम्म जारी रहनेछ।

मंसिर १२, २०८० मंगलबार ०८:५२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।