वक्यौता नतिरेपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालयको विद्युत् लाइन काटियो

वक्यौता नतिरेपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालयको विद्युत् लाइन काटियो

बुटवल : वक्यौता रकम नतिरको भन्दै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युत् लाइन काटिएको छ।

स्वास्थ्य मन्त्रालयका नाममा बुटवलमा जडान भएको मिटरमा उठेको बक्यौता रकम नतिरेपछि राप्ती उपत्यका देउखुरीमा रहेको स्वास्थ्य मन्त्रालयको विद्युत् लाइन काटिएको हो।

मंसिर ५ गते लाइन काटिएपछि स्वास्थ्य मन्त्रालय अहिले विद्युतविहीन बनेको छ।

नेपाल विद्युत प्राधिकरण लमही शाखाका प्रमुख युवराज रावतले २ लाख ७२ हजार रूपैयाँ विद्युत महशुल भुक्तानी गर्न बाँकी रहेकाे र भुक्तानी नगरेपछि लाइन काटिएको जानकारी दिए।

सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले वास्ता नगरेपछि लाइन काटिएको उनकाे भनाइ छ। उनले भुक्तानीका लागि पटक-पटक जानकारी गराएकाे बताएका छन्।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले विना जानकारी बिजुली काटिएको बताए। उनले रकम भुक्तानीका लागि काम भइरहेको दाबी गरे।

११ मंसिर, २०८०, १४:३०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।