अमेरिका : प्यालेस्टाइनी विद्यार्थीमाथि गोली प्रहार गर्नेको सुराकी दिनेलाई १० हजार डलर पुरस्कार दिने घोषणा

अमेरिका : प्यालेस्टाइनी विद्यार्थीमाथि गोली प्रहार गर्नेको सुराकी दिनेलाई १० हजार डलर पुरस्कार दिने घोषणा

एजेन्सी : अमेरिकाको एक विश्वविद्यालयका तीन प्यालेस्टिनी विद्यार्थीमाथि गोली प्रहार गर्नेको सुराक दिनेलाई १० हजार डलर पुरस्कार दिइने भएको छ।

पुरस्कार मुस्लिम नागरिक अधिकारका लागि काम गर्ने अमेरिकी समूहले यो घोषणा गरेको हो।

काउन्सिल अन अमेरिकन-इस्लामिक रिलेसन्स (सीएआईआर)ले गोलीबारीको सम्भावित पूर्वाग्रह उद्देश्य जाँच गर्नसमेत प्रशासनसँग आग्रह गरेको छ।

समूहले अमेरिकामा पछिल्लो समय ‘मुस्लिम विरोधी र प्यालेस्टाइन विरोधी घृणामा अभूतपूर्व वृद्धि भएको’ दाबीसमेत गरेको छ।

बर्लिंगटन पुलिस उनका अनुसार युनिभर्सिटी अफ भर्मन्ट क्याम्पसमा आफ्नो परिवारसँग डिनर गर्न जाँदै गर्दा नजिकैका एक व्यक्तिले हिशाम अवर्तानी, तहसीन अहमद र किनान अब्देलहमिदलाई गोली हानेर हत्या गरेका थिए।

अधिकारीहरूको आक्रमणको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्। घटनामा स्कार्फ लगाएका व्यक्ति सामेल भएको र उनले अरबी भाषा बोलिरहेको उनीहरूको भनाइ छ।

बर्लिङ्गटन प्रहरी प्रमुख जोन मूरले दुई जनाको अवस्था स्थिर रहेको र बाँकी एक जनाको अवस्था गम्भीर रहेको बताए।

मंसिर ११, २०८० सोमबार १२:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।