राजनीतिमा लागे शकिब अल हसन, सत्ताधारी दलबाट निर्वाचन लड्दै

राजनीतिमा लागे शकिब अल हसन, सत्ताधारी दलबाट निर्वाचन लड्दै

एजेन्सी : बंगलादेशबाट क्रिकेट टिमका कप्तान शकिब अल हसन राजनीतिमा लागेका छन्।

उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा-१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ।

ढाका ट्रिब्यूनका अनुसार, अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन्।

यसअघि गत निर्वाचनमा पूर्व कप्तान मशरफे मुर्तजा नरैलबाट उम्मेदवार बनेर जितेका थिए। अहिले उनी सांसद छन्।

मशरफी सधैँ आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न रहने गरेका थिए तर शकिब कहिल्यै पनि त्यस्तो सामाजिक कार्यमा सहभागी भएको देखिएको छैन।

बंगलादेशमा क्रिकेट राजनीतिसँगको सम्बन्ध गहिरो र पुरानो छ।

साकिब र मशरफी बाहेक, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन पनि चुनाव लडेर २००९ मा पहिलो पटक सांसद भएका थिए।

नजमुल हसन अहिले पनि सांसद नै छन्।

मंसिर ११, २०८० सोमबार १०:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।