४ महिनामा काठमाडौँ महानगरको राजस्व सङ्कलन २ अर्ब ९२ करोड

४ महिनामा काठमाडौँ महानगरको राजस्व सङ्कलन २ अर्ब ९२ करोड

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष (२०८०-०८१) को पहिलो चौमासिकमा २७.११ प्रतिशत अर्थात् २ अर्ब ९२ करोड ९६ लाख ९ हजार ७२९ रुपैंया राजस्व सङ्कलन भएको महानगर राजस्व विभागले जनाएको छ।

महानगरपालिकाले वार्षिक १० अर्ब ७८ लाख २० हजार लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा २ अर्ब ९२ करोड ९६ लाख ९ हजार राजस्व सङ्कलन गरेको महानगरपालिका राजस्व विभागले जनाएको छ।

गत वर्षको अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो। उक्त वर्ष १० अर्ब ४१ करोडको लक्ष्य लिएको भए पनि जम्मा २ अर्ब ७५ करोड रुपैंया मात्र उठेको हो।

कुन शीर्षकमा कति उठ्यो ?

प्रशासनिक सेवा

प्रशासनिक सेवा अन्तर्गत सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ। जसमा १४७ प्रतिशत राजस्व सङ्कलन भएको छ। महानगरले वार्षिक २० लाख लक्ष्य राखेको थियो।

सम्पत्ति कर

सम्पत्ति कर अन्तर्गत महानगरले वार्षिक १ अर्ब ५० करोड लक्ष्य राखेकोमा चार महिनामा ४१ करोड ८७ लाख ९३ हजार अर्थात् (२७.९१) प्रतिशत राजस्व सङ्कलन भएको छ। गत वर्ष सम्पत्ति करमा महानगरले १ अर्बको लक्ष्य राखेको थियो।

घरजग्गा रजिस्ट्रेसन

चालु आर्थिक वर्षको चार महिनामा महानगरले घरजग्गा रजिस्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार अर्थात् ९.१० प्रतिशत राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षको पहिलो चौमासिकमा ११ करोड ९२ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो।

पर्यटन शुल्क

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय ९५९।११ प्रतिशत०, २ करोड ५० लाख रुपैयाँ बेरुजु फर्याैट गर्ने लक्ष्य राखिएकोमा १ करोड ३४ लाख ७८ हजार ९९७ रुपैयाँ ९५३।९२ प्रतिशत०, अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार ५ सय रुपैयाँ ९१०१।९३ प्रतिशत० राजस्व सङ्कलन भएको महानगरपालिकाले जनाएको छ।

नाता प्रमाणित दस्तुर

नाता प्रमाणित दस्तुरमा प्रतिशत, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७।८८ प्रतिशत, व्यवसाय रजिस्ट्रेसन दस्तुरमा ३०.७२ प्रतिशत लक्ष्य प्राप्त भएको छ। यी शीर्षकमा क्रमशः ५० लाख रुपैयाँ, २ करोड रुपैयाँ र ७१ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको थियो भने १७ लाख ७४ हजार रुपैयाँ, ७५ लाख ७६ हजार ४३ रुपैयाँ र २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ प्राप्त भएको छ।

विज्ञापन कर

विज्ञापन करबाट लक्ष्यको ४।९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार १८७ रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस शीर्षकमा गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा एउटै अङ्क ९८ करोड रुपैयाँ० लक्ष्य राखिएको छ।

अनुदान तर्फ

चालु आर्थिक वर्षमा ससर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य राखेकोमा  क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रुपैयाँ ९२४।९९ प्रतिशत० र ७३ लाख ७५ हजार रुपैयाँ ९२५ प्रतिशत० उठेको महानगरले जनाएको छ।

१० मंसिर, २०८०, २१:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।