इरानमा १७ वर्षीय किशोरलाई मृत्युदण्ड

इरानमा १७ वर्षीय किशोरलाई मृत्युदण्ड

एजेन्सी : इरानमा १७ वर्षीय नाबालिगलाई मृत्युदण्ड दिइएको छ।

शनिबार हमिदरजा अजारीलाई पूर्वी शहर रजावी खोरासान प्रान्तको सब्जावर जेलमा फाँसी दिइएको हो।

अजारीलाई हत्याको आरोप लागेको थियो। अजरी आफ्नो परिवारको एक्लो सन्तान थिए।

स्क्र्याप मजदुरको रूपमा काम गरेका उनले गत मे महिनामा १६ वर्षको उमेरमा एक व्यक्तिको हत्या गरेको अदालतले ठहर गरेको थियो।

मानवअधिकार संगठनहरूले फाँसीलाई संयुक्त राष्ट्र संघको महासन्धिको उल्लङ्घन भएको बताएका छन्।

इरानको मानवअधिकार संगठनले किशोर अपराधीलाई मृत्युदण्ड दिने केही देशमध्ये इरान एक भएको बताएको छ।

अन्य देशको तुलनामा यहाँ धेरै मृत्युदण्ड दिइन्छ। तथ्याङ्कअनुसार यो वर्ष अहिलेसम्म इरानमा ६८४ नाबालिगलाई फाँसी दिइएको छ।

इरानी मिडियाका अनुसार अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र प्रश्नबाट बच्न बालकको उमेर १८ वर्ष तोकिएको छ।

मंसिर १०, २०८० आइतबार ११:१८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।