हमासले छोड्यो १३ इजरायलीसहित १७ बन्धक

हमासले छोड्यो १३ इजरायलीसहित १७ बन्धक

एजेन्सी : प्यालेस्टाइनी चरमपन्थी समूह हमासले थप १७ जना बन्धकहरुलाई रिहा गरेको छ। जसमा १३ जना इजरायली र चार जना थाई नागरिक रहेका छन्।

यससँगै १३ इजरायली बन्धकको रिहाइको बदलामा रिहा भएका ३९ प्यालेस्टिनी बन्दी वेस्ट बैंक र जेरुसेलम पुगेका छन्।

रिहा भएका ३९ कैदीमध्ये ६ जना महिला छन्। बाँकी सबै १८ वर्ष मुनिका छन्।

टिभी तस्विरहरूले यी बन्दीहरूलाई वेस्ट बैंकको बेतुनिया शहरतर्फ बसमा लगिएको देखाएको छ। यी मानिसहरू उत्सव मनाउँदै बसबाट ओर्लिरहेका थिए।

यसअघि दुई पक्षबीच अस्थायी युद्धविरामलाई लिएर विवाद भएपछि बन्धक र बन्दी आदानप्रदान रोकिएको थियो।

हमासले इजरायलले यो सम्झौताको उल्लंघन गरेको बताएको छ। उनी गाजामा सहायता सामग्री बोक्ने ट्रकहरूलाई अनुमति दिन चाहँदैनन्।

इजरायलले यी आरोप अस्वीकार गरेको थियो।

मंसिर १०, २०८० आइतबार ०८:०१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।