दुई हवल्दारसहित २६ प्रहरीलाई स्पष्टिकरणसहित उपस्थित हुन हेडक्वाटरको निर्देशन

दुई हवल्दारसहित २६ प्रहरीलाई स्पष्टिकरणसहित उपस्थित हुन हेडक्वाटरको निर्देशन

काठमाडौं : प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)ले लामो समयदेखि गैरहाजिर भएका दुई हवल्दारसहित २६ प्रहरीलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।

आइतबार गोरखापत्रमा सार्वजनिक सूचना निकालेर कार्यालयले भदौ २८ देखि कात्तिक २ गतेभन्दा पछाडि गैरहाजिर भएका हवल्दारदेखि कार्यालय सहयोगीसम्मलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको हो।

उनीहरूलाई बाटाको म्यादबाहेक मंसिर १७ गतेसम्मको समय दिइएको छ। यदि उक्त समयभित्र कार्यालयमा उपस्थित भई सन्तोषजनक स्पष्टिकरण नदिएमा सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

पछिल्लो समय प्रहरीको तल्लो तहका कर्मचारीहरुले जागिर छाड्ने क्रम ह्वात्तै बढेको छ। घर धान्ने पारिश्रमिक नहुने र खटाइ पनि ज्यादा भएकाले उनीहरुमा विदेश जाने क्रम बढि देखिएको छ।

नेपालको सुरक्षा निकायमा जागिर खाएको भनेपछि विदेशका विभिन्न कम्पनीमा राम्रो सुविधाका साथ काम पाइने गरेको छ।

१० मंसिर, २०८०, ०७:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।