अरिजितको कन्सर्ट हेर्न मैदान वरपरका छत समेत बुकिङ

अरिजितको कन्सर्ट हेर्न मैदान वरपरका छत समेत बुकिङ

काठमाडौँ : भारतीय गायक अरिजित सिंहको कन्सर्ट सुन्न वरिपरिका रेस्टुरेन्ट र घरका छत समेत बुक भएका छन्। होटेल हायातको खाली चौरमा स्टेज बनाएर कन्सर्ट आयोजना हुँदैछ। कन्सर्ट स्थल वरिपरिका घरका छतबाट समेत सहजै देखिने भएपछि वरपरका रेस्टुरेन्टका टेबल समेत बुक भएका छन्।

कन्सर्टस्थलको दक्षिणतिर रहेको इलिका रेष्ट्रोबारको टेबलहरू पहिल्यै बुक भइसकेको कर्मचारीले बताए। कन्सर्टस्थल नजिकै गुम्बा समेत रहेको छ। गुम्बाको छत कन्सर्टस्थलको सबैभन्दा नजिक छ। प्रहरीले कन्सर्टका लागि गुम्बाको छतमा जान रोक लगाएको छ।

गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले अरजितलाई नेपाल ल्याएको हो। कन्सर्टका लागि अरजित नेपाल आइसकेका छन्।  आयोजकले कन्सर्टको तीन वटा दरको टिकट मूल्य तोकेको छ। सामान्यतर्फ ६ हजार ५ सय, फ्यानपिट नाम दिइएकोलाई ११ हजार र भिआइपी टिकटको दर १९ हजार तोकेको छ।

मंसिर ९, २०८० शनिबार १५:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।