एकै परिवारका तीन जना घरभित्रै मृत भेटिए

एकै परिवारका तीन जना घरभित्रै मृत भेटिए

विराटनगर : धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार धनकुटा नगरपालिका-१ निगालेका ३६ वर्षीय टीकाराम गुरुङ, उनकी ३६ वर्षीया श्रीमती भीमा र १० वर्षका छोरा मृत अवस्थामा फेला परेका हुन्।

तीनैजना आफ्नो घरभित्र मृत भेटिएका हुन्। टीकाराम दलिनमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।

अरू दुईजना खाटमै मृत भेटिएको प्रहरीले जनाएको छ। उनकी ६ वर्षीया छोरी आशिका भने सकुशल छन्।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट टीकारामले श्रीमती र छोराको हत्या गरी आफूले आत्महत्या गरेको अनुमान गरिएको छ।

श्रीमान्–श्रीमतीबीच झगडाका कारण घटना भएको हुन सक्ने उल्लेख गर्दै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

छरछिमेक, आफन्त र गाउँलेसँग सोधपुछ गरी घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा छिमेकीले गुरुङ दम्पतिबीच बुधबार राति विवाद र झगडा भएको बताएको प्रहरीले उल्लेख गरेको छ।

७ मंसिर, २०८०, १३:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।