सिंहदरबारको पश्चिम भवनमा सरे प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

सिंहदरबारको पश्चिम भवनमा सरे प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन्।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको भवन पुनर्निर्माण गरी तयार भएपछि बुधबार प्रधानमन्त्रीको कार्यालय पश्चिमतर्फ सारिएको हो।

नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे।

उनले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाले नयाँ कुराहरू फुर्न सक्ने पनि बताए।

६ मंसिर, २०८०, १५:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।