बाइडेनले भने- इजरायलीहरू बन्धकहरूका सम्बन्धमा सम्झौता एकदमै नजिक पुगेको छ

बाइडेनले भने- इजरायलीहरू बन्धकहरूका सम्बन्धमा सम्झौता एकदमै नजिक पुगेको छ

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली बन्धकहरू सम्बन्धी सम्झौता एकदमै नजिक पुगेकाे संकेत गरेका छन्।

सम्झौतामा, हमासले इजरायली आक्रमणहरू राेकेको बदलामा केही बन्धकहरूलाई रिहा गर्नसक्ने विषय रहेको छ।

यो कुरा राष्ट्रपति बिडेनले धन्यवाद समारोहमा भने।

एक रिपोर्टरले सम्झौता हुन लागेको विषयमा अफवाहरू आइरहेको बारेमा सोधेका थिए। जसको जवाफमा बाइडेनले भने- ‘म पनि विश्वास गर्छु।’

मानवीय सहायता रेडक्रस इन्टरनेशनल कमिटी (आईसीआरसी) ले यसअघि रिहा भएका बन्धकहरूलाई सहयोग गरेको थियो।

संगठनले आफ्नो प्रमुखले हमासलाई भेट्नका लागि कतारमा रहेको जनाएको छ। यो घटनाक्रमले छिट्टै सहमति हुने आशा जगाएको छ।

बीबीसीका जेरुसेलम संवाददाता टम बेटम्यानले लामो युद्धविरामको बदलामा केही बन्धकहरू रिहा हुन सक्ने बताए।

नवजात शिशुहरूलाई इजिप्ट पठाइयो
गाजाको अल-शिफा अस्पतालमा समयभन्दा अघि नै जन्मेका ३१ शिशुमध्ये २८ जनालाई आइतबार इजिप्ट लगिएको थियो।

ती २८ मध्ये पनि १२ शिशुमा गम्भीर संक्रमण रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

गाजाको इन्डोनेसियाली अस्पतालका निर्देशकका अनुसार त्यहाँ अझै पनि केही बेर रोकिएर पुन: गोली चलेको आवाज आइरहेको छ।

विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणलाई ‘भयानक’ भनेको छ। यस आक्रमणमा १२ जनाको मृत्यु भएको बताइएको छ।

अस्पताल प्रशासनले आक्रमण इजरायली सेनाले गरेको बताए पनि इजरायलले भवन भित्रबाट गोली चलाएको बताएको छ।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा हालसम्म १३ हजार ३ सय प्यालेस्टाइनी मारिएको जनाएको छ। जसमा कम्तीमा ५ हजार ६ सय बालबालिका रहेका छन्।

मंसिर ५, २०८० मंगलबार ०८:४२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।