७७ भारतीय सैनिक निकाल्ने माल्दिभ्सका राष्ट्रपतिको घोषणा

७७ भारतीय सैनिक निकाल्ने माल्दिभ्सका राष्ट्रपतिको घोषणा

एजेन्सी : माल्दिभ्सले आफ्नो देशमा भएका ७७ भारतीय सैनिक निकाल्ने तयारी थालेको छ।

माल्दिभ्सका राष्ट्रपतिको कार्यालयका सार्वजनिक नीति उपसचिव डा. मोहम्मद फिरोजुल अब्दुल खलिलले यसबारे जानकारी दिएका हुन्।

सेप्टेम्बरमा भएको राष्ट्रपति चुनाव जितेका मोहम्मद मुइज्जुले आइतबार भारतीय सेनालाई निकाल्ने घोषणा गरेका हुन्।

यसको २४ घण्टा पनि बित्न नपाउँदै उपसचिव फिरोजुलले भारतसँग भएका १०० भन्दा बढी सम्झौताको समीक्षा गर्ने बताएका हुन्।

उनलाई माल्दिभ्स सञ्चारमाध्यमले भनेका छन्, ‘हेलिकप्टरको व्यवस्थापनमा २४, डोर्नियर विमानको व्यवस्थापनका लागि २५, अर्को हेलिकप्टर व्यवस्थापनका लागि २६ र थप दुई इन्जिनियरिङका लागि गरी कुल ७७ भारतीय सैनिक माल्दिभ्समा छन्।’

हिन्द महासागर क्षेत्रमा माल्दिभ्स भारतको लागि एक रणनीतिक र धेरै महत्त्वपूर्ण देश हो। इब्राहिम मोहम्मद सोलिहको सरकार भएको समयमा भारत-माल्दिभ्स सम्बन्ध सुमधुर थियो।

तर, मुइज्जुको चुनावी अजेण्डा नै भारतीय सैनिकलाई देशबाट निकाल्ने थियो। सोही अनुसार त्यहाँका जनताले उनलाई पत्याए पनि।

मंसिर ४, २०८० सोमबार ०९:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।