फाइनलको मैदानमा पुगेर बिराटलाई अंगालो मार्ने प्यालेस्टिनी समर्थक को हुन्?

फाइनलको मैदानमा  पुगेर बिराटलाई अंगालो मार्ने प्यालेस्टिनी समर्थक को हुन्?


एजेन्सी : भारत र अष्ट्रेलियाविच आइसिसी क्रिकेट वर्ल्ड कपको फाइनलमा घमासान भइरहेको बेला एक दर्शक मैदानमै पुगे। 

उनको जर्सीमा प्यालेस्टीनमा भइरहेको बमबारीविरुद्ध नारा लेखिएको थियो। उनको हातमा प्यालेस्टाइनको झण्डा थियो।
उनी मैदानमा पुगेर भारतीय क्रिकेटर विराट कोहलीसँग अँगालो मारेका थिए। ती युवाले मास्कमा पनि प्यालेस्टाइनको झण्डा भएको लगाएका थिए। सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर मैदान बाहिर ल्याएको थियो। उनको औँलामा समेत चोट लागेको थियो।

ती युवा अष्ट्रेलियन नागरिक वेन जनसन भएको खुलेको छ। अहमदावादको चाँदखेडा प्रहरी चौकीमा राखिएको ती युवाले प्रहरीलाई आफू प्यालेस्टिनी समर्थक भएको तर मैदानमा कोहली भेट्न गएको बताएका छन्।

उनी स्टेडियममा प्रवेश गर्दा भने भारतीय टिमको जर्सीमा थिए। स्टेडियम प्रवेश गरिसकेपछि टिम इन्डियाको जर्सी फुकालेर प्यालेस्टाइनको समर्थनमा नारा लेखिएको टिसर्ट लगाएका थिए।

विश्वकपको फाइनल खेलमा एकाएक दर्शक मैदानमा पुगेर सहजै खेलाडी भेटेको घटनालाई सुरक्षा चुकसँग समेत जोडेर हेरिएको छ।

३ मंसिर, २०८०, ००:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।