रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहने

रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहने

काठमाडौं : वर्षको एक दिन भाइटीकामा मात्र खुला हुने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज दिनभर खुल्ने भएको छ।

दाजुभाइ–दिदीबहिनी नभएकाहरू बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने गर्दछन्।

बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ।

मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो।

भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ।

दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए।

यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम छ।

२९ कात्तिक, २०८०, ०८:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।