राष्ट्रपति पौडेलले गरे गाईपूजा

राष्ट्रपति पौडेलले गरे गाईपूजा

काठमाडौं : कार्तिक कृष्ण औँसीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बिहान गाईको पूजा गरेका  छन्। 

यमपञ्चकको तेस्रो दिन परेको गाईतिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीक स्वरूप विधिविधान सहित पूजा गर्ने परम्परा चलिआएको छ। 

राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराएका थिए।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ। 

कात्तिक २७, २०८० सोमबार १२:३०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।