सरकारले पोर्चुगलमा राजदूतावाास स्थापना गर्ने, राजदूतमा सनिल नेपाल नियुक्त

सरकारले पोर्चुगलमा राजदूतावाास स्थापना गर्ने, राजदूतमा सनिल नेपाल नियुक्त

काठमाडौं : सरकारले पोर्चुगलमा राजदूतावासमा स्थापना गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन्।

उनले भनिन्, ‘पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय भएको छ।’

पछिल्लो समय पोर्चुगलमा नेपालीको बसोबास बढ्दै गएको छ। त्यहाँको पासपोर्ट प्राप्त गर्न सजिलो हुने भएकाले पनि पोर्चुगलमा नेपालीको आकर्षण बढेको छ।

२३ कात्तिक, २०८०, १३:४९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।