खुकुरी र बाँसले हानेर भिनाजुको हत्या, एक जना पक्राउ

खुकुरी र बाँसले हानेर भिनाजुको हत्या, एक जना पक्राउ
सांकेतिक तस्बिर

झापा : भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय रोशन अधिकारी रहेका छन्। उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा सोही ठाउँ बस्ने भिनाजु ४५ वर्षीय धनबहादुर कट्वाल गम्भीर घाइते भएका थिए।

कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो।

२३ कात्तिक, २०८०, १२:२६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।