बागमती प्रदेश मन्त्रीका अङ्गरक्षक झुण्डिएको अवस्थामा मृत फेला

बागमती प्रदेश मन्त्रीका अङ्गरक्षक  झुण्डिएको अवस्थामा मृत फेला
सांकेतिक तस्बिर

काठमाडौं : बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अङ्गरक्षक ४० वर्षीय यमबहादुर सुवेदी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। 

उनको शव मंगलबार बिहान साढे ६ बजे हेटौंडा-११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय खानीखोला धादिङ दरबन्दी भइ हाल मन्त्री दुलाललको पीएसओ रहेका सुवेदीको शव मन्दिर नजिकैको सालको रुखमा कालो पेटीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको प्रवक्ता भण्डारीले बताए। 

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२१ कात्तिक, २०८०, १४:४६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।