युद्धविरामलाई अस्वीकार गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले भने- यो युद्धको समय हो

युद्धविरामलाई अस्वीकार गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले भने- यो युद्धको समय हो

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेल अवीवमा युद्धविरामको सम्भावनालाई अस्वीकार गर्दै यो युद्धको समय भएको बताएका छन्।

उनले भने, ‘जसरी अमेरिका पर्ल हार्बरमा बम विष्फोट वा ९/११ आक्रमण पछि युद्धविरामको लागि तयार छैन त्यसरी नै इजरायलले अक्टोबर ७ को आक्रमण पछि हमाससँग युद्धविराम गर्न सहमत हुनेछैन।’

उनले भने, ‘युद्धविरामको लागि आग्रह गर्नु भनेको इजरायललाई हमास, आतंकवादलाई आत्मसमर्पण गर्न भन्नु जस्तै हो।’

इजरायलका प्रधानमन्त्रीले थपे, ‘बाइबलमा भनिएको छ कि शान्तिको समय र युद्धको समय छ, यो युद्धको समय हो। यो युद्ध हाम्रो साझा भविष्यको लागि हो।’

इजरायलमा हमासले अक्टोबर ७ मा आक्रमण गरेको थियो, जसमा १ हजार ४०० मानिस मारिएका थिए।

यसपछि इजरायलले गाजामा बमबारीलाई जारि राखेको छ। जसमा अहिलेसम्म सर्वसाधारणसहित ८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

कात्तिक १४, २०८० मंगलबार ०८:०१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।