दशैंको टीका-जमरा आज पनि लगाइँदै

दशैंको टीका-जमरा आज पनि लगाइँदै

काठमाडौं : दशैंको मुख्य दिन टीका तथा जमरा लगाउन छुटेकाहरूले आज मान्यजनबाट आशिर्वाद थाप्दै छन्।

देशका अधिकाशं स्थानमा मंगलबार मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले हिजो र आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ।

टाढाटाढा जानुपर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ।

यद्यपि नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थापिन्छ।

अरू भू-भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ। 

कात्तिक ९, २०८० बिहीबार ०७:१६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।