नेपाली दूतावासले भन्यो- लेबनानसँगको सीमा क्षेत्रमा मिसाइल आक्रमण बढ्यो, सतर्कता अपनाउनू

नेपाली दूतावासले भन्यो- लेबनानसँगको सीमा क्षेत्रमा मिसाइल आक्रमण बढ्यो, सतर्कता अपनाउनू

काठमाडौं : लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण सुरू भएको भन्दै इजरायलस्थित नेपाली राजदूतावासले थप सुरक्षा सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह गरेको छ।

इजरायलस्थित नेपाली राजदूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण सुरु भएको भन्दै सचेत त्यस आसपासमा रहने नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो।

लेबनानसँगको सीमा क्षेत्रबाट समेत इजरायलमाथि रकेट तथा मिसाइल आक्रमण सुरु भएपछी हाल इजरायलले किर्यात सोमनासहितका बस्तीबाट मानिसहरूलाई अन्यत्र सार्न सुरु गरेको समेत दुतावसले जनाएको छ।

दुतावासले भनेको छ, ‘केही समय यता ईजरायलमा युद्धको अवस्था छ। दक्षिणी क्षेत्रको अशान्तिसँगै हाल इजरायलको (उत्तरी) लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहारका घटनामा बढोत्तरी हुँदै गएको सन्दर्भमा इजरायलले किर्यत शमोना सहितका बस्तीबाट मानिसहरूलाई अन्त्रय सार्न शुरू गरेको जानकारी प्राप्त भएकोले सो आसपास बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन हार्दिक अनुरोध गर्दछौँ।’

सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेको खण्डमा दूतावासमा जानकारी गराउन समेत दुतावासले त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ।

यस्तै, यसअघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका अनिवार्य गरिएको दूतावासले जनाएको छ।

इजरायलमा सम्पूर्ण नेपालीहरूलाई अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्न र फर्म भर्न मेसो नपाउनेलाई दूतावासमा सम्पर्क गर्न भनिएको छ।

६ कात्तिक, २०८०, ०७:१९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।