आफ्नो प्यानलको उपाध्यक्षको पक्षमा शून्य मत खसेपछि महेश श्रेष्ठले भने, ‘भोटिङ स्टिम ह्याक भो, निर्वाचन परिणाम मान्दैनौं’

काठमाडौं : गैर आवासीय नेपाली संघ(एनआरएनए)को १९औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले निर्वाचन परिणाम नमान्ने बताएका छन्।
कठमाडौंमा जारी महाधिवेशनको मतदानमा धाँधली भएको भन्दै उनले निर्वाचत परिणाम अस्वीकार गरेका हुन्।
आफ्नो प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका डा.केशव पौडेलको पक्षमा शून्य मत खसेपछि अनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा. बद्री केसीलाई अध्यक्षमा चुनाव जिताइएको डा. श्रेष्ठको आरोप छ।
उनले भने, ‘एनआरएन चुनावको नतिजामा गम्भीर धोकाधडी भएको छ। यो नतिजा हामी मान्दैनौं। भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवारले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ। यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन।’
त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आरके शर्माले एनआरएनएमा माफियातन्त्र मौलाएको भन्दै अनलाइन मतदान सिस्टम कब्जा गरेको आरोप लगाए।
श्रेष्ठ प्यानलका उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलले माफियातन्त्र र सिन्डिकेट हाबी भएको र निर्वाचनमा षड्यन्त्र गरी बनावटी परिणाम सार्वजनिक गरिएको आरोप लगाए।
कात्तिक ३, २०८० शुक्रबार ०८:२४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।