एमालेको मधेश अधिवेशन बुधबारबाट

एमालेको मधेश अधिवेशन बुधबारबाट

काठमाडौं : एमाले मधेश प्रदेशको अधिवेशन बुधबारबाट सुरू हुँदैछ।

नयाँ कार्यसमिति चयनका लागि जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।

उनका अनुसार अपरान्ह १२ बजे अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।

अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका छन्।

कार्यक्रम स्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनको भनाइ छ।

अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ।

२४ असोज, २०८०, ०७:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।