खरको छाना मुक्त प्रदेश कार्यक्रम स्वीकृत गर्ने बागमती सरकारको निर्णय

खरको छाना मुक्त प्रदेश कार्यक्रम स्वीकृत गर्ने बागमती सरकारको निर्णय

काठमाडौं : बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी-२०८० स्वीकृत गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले सीमान्तकृत चेपाङ, वनकरीया माझी र बोटे समुदाय एकीकृत बस्ती तथा आवास कार्यक्रम कार्यान्वयनका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने उक्त कार्यक्रमका लागि प्रदेश मन्त्रिपरिषद् बैठकले कार्यविधिलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

यसअघि मन्त्रालयले कार्यविधि निर्माण गरी कार्यान्वयन गर्दै आएका उक्त कार्यक्रमहरुलाई थप व्यवस्थित बनाउन मन्त्रिपरिषद् बैठकबाट कार्यविधिलाई स्वीकृत गराइएको उनले बताए। 

यस्तै, मन्त्रिपरिषद्को बैठकले प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने समेत निर्णय गरेको छ। 

२३ असोज, २०८०, १७:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।