एसियाडमा नेपाललाई पहिलो पदक

एसियाडमा नेपाललाई पहिलो पदक

काठमाडौं : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपालले पहिलो पदक प्राप्त गरेको छ।  नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो। 

शुक्रबार बिहान भएको महिला कबड्डीको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित भएसँगै कास्य पदकमै सीमित भएको हो।

केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो। 

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। 

सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली खेलकुदमा कम्तिमा कास्य पदक पक्का गरेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।  

१९ असोज, २०८०, ११:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।