धार्मिक तनाव बढेको भन्दै नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु, हिडडुल गर्न समेत नपाइने

धार्मिक तनाव बढेको भन्दै नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु, हिडडुल गर्न समेत नपाइने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

मंगलबार बिहान ओमकार परिवार हिन्दू समाजले निकालेकोर्यालीका क्रममा सार्वजनिक सम्पती टोडफोड भएको भन्दै प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएका जानकारी दिएका छन्। 

हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो। बैठकपछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु लगाइएको सिडीओ आचार्यले जानकारी दिए। 

१६ असोज, २०८०, १३:२८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।