अनमोललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

अनमोललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ : जिल्ला अदालत  काठमाडौँले अभिनेता अनमोल केसीलाई तीन दिन न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ।

प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्दै अदालतमा पेस गरेको थियो। अदालतमा अनमोलको पक्षबाट तीन घण्टा बढी बहस भएको थियो।

तारेखमा छाड्न माग गरिए पनि अदालतले उनी पक्राउ परेको शुक्रबारबाटै गणना हुने गरी तीन दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।

फिल्म रावायणमा अभिनय गर्छु भनेर पैसा लिए पनि अभिनय गर्न नमानेको भन्दै प्रहरीमा उजुरी परेपछि अनमोल शुक्रवार पक्राउ परेका थिए।

अदालतबाट आएको आदेश अनुसार उनलाई सोमबार पुन अदालतमा पेश गर्नुपर्नेछ। 

अनमोल सम्बन्धी  समाचार

असोज १४, २०८० आइतबार २०:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।