मानव अधिकार आयोगले सरकारलाई भन्यो : चिकित्सकमाथिका आक्रमण तथा कुटपिटका घटनाहरु बन्द गर

मानव अधिकार आयोगले सरकारलाई भन्यो : चिकित्सकमाथिका आक्रमण तथा कुटपिटका घटनाहरु बन्द गर

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले चिकित्कमाथिका आक्रमण तथा कुटपिटका घटनाहरु बन्द गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ। 

चिकित्सकहरुमाथि भएका आक्रमण, दुव्र्यवहार तथा स्वास्थ्य संस्थाहरुमा भएको तोडफोड एवम् चिकित्सकहरुले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असरप्रति र आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज बिहिबार एक बिज्ञप्ती जारी गर्दै अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

आयोगले चिकित्सकहरुको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेका समस्याहरु सम्बन्धमा विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको भन्दै आयोगले स्वास्थ्य सरकारको ध्यानाकर्षण गराएको हो।

गत भदौ २४ गते हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकमाथि सेवाग्राहीबाट हातपात भएको थियो।

त्यस्तै, असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकहरुमाथि सेवाग्राहीले दुर्व्यवहार गरेका थिए। 

असोज ११, २०८० बिहीबार १२:५१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।