थारु समुदायद्वारा ‘जितिया’ पर्वमा बिदा दिन माग

थारु समुदायद्वारा ‘जितिया’ पर्वमा बिदा दिन माग

भरतपुर : चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका छन्। 

थारु कल्याणकारिणी सभा चितवनले १३ औं जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा, फगुवाको धुरहेरी लगायत चाडपर्वमा बिदा दिन माग गरेको हो।

थारु समुदायका महिलाको मुख्य चाड जितिया हो। यस वर्ष यही असोज २० गते जितिया पर्व मनाइँदै छ। यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुनेछ।

तर अरू बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेका छैन। अझ विद्यालयमा सोही बेला परीक्षासमेत हुने गरेको छ। यसले गर्दा युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ।

असोज ११, २०८० बिहीबार ०८:३२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।