स्वास्थ्य बीमा बोर्डका कारण अस्पताल बन्द हुने अवस्थामा पुगे : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य बीमा बोर्डका कारण अस्पताल बन्द हुने अवस्थामा पुगे : स्वास्थ्यमन्त्री बस्नेत
फाईल फोटो

चितवन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पताल बन्द हुने अवस्थामा पुगेको बताएका छन्। 

आज (वुधबार) चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले बोर्डका कारण अस्पतालमा बिरामीको चाप बढेको बताए। यसलाई नियमन गर्नका लागि मन्त्रालय लागिपरेको उनको भनाइ थियो।

चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउँदै उनले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने उल्लेख गरे।

गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोध समेत गरे।  

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू ६ महिनाभित्र सञ्चालनमा ल्याइने समेत बताए। 

यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनको भनाइ थियो।

असोज १०, २०८० बुधबार १२:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।