आमाको नाम मात्र राखेर वंशजको नागरिकता दिन सर्वोच्चको परमादेश

आमाको नाम मात्र राखेर वंशजको नागरिकता दिन सर्वोच्चको परमादेश

काठमाडौं : सर्वोच्च अदालतले आमाको नाम मात्र राखेर नागरिकता दिन परमादेश जारी गरेको छ। बुवाको नाम नराखेर आमाको नाम राखेर नागरिकता दिन सकिने गरी सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, ललितपुर र गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले गत साउन २३ गते गरेको फैसलाको पूर्ण पाठमा यस्तो उल्लेख छ।

आमासँग वंशजको नागरिकता रहेको र अस्पतालले दिएको जन्म प्रमाणपत्र पनि रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने सर्वोच्चको ठहर छ।

छोरीलाई पनि वंशजकै आधारमा नागरिकता दिन र आमाको स्थायी ठेगाना नै छोरीको पनि ठेगाना काम गर्न सर्वोच्चले भनेको छ।

८ असोज, २०८०, १९:०३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।