विपन्न परिवारलाई धनगढी उपमहानगरले दाहसंस्कार खर्च दिने

विपन्न परिवारलाई धनगढी उपमहानगरले दाहसंस्कार खर्च दिने

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका विपन्नलाई परिवारलाई दाहसंस्कार खर्च दिने भएको छ।

आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर पालिकाले पाँच हजार रुपैयाँ दाहसंस्कार खर्च दिने निर्णय गरेको कार्यपालिका सदस्य एवम् वडा नं ३ का वडा अध्यक्ष राज बहादुर ऐरले बताए। 

आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको उनले बताए।

‘यो सहयोग सबैलाई होइन, आर्थिक रूपमा विपन्न परिवारलाई मात्रै हो’, उनले भने।

आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षहरूको समन्वयमा उपलब्ध गराइने उपमहानगरले जनाएको छ। 

यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ। 

नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिको मृत्यु भएमा धनगढी उपमहानगरपालिकालाई जानकारी गराउनु पर्ने ऐरले बताए।   

१ असोज, २०८०, १६:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।