आज दर खाने दिन

आज दर खाने दिन

काठमाडौं : नेपाली हिन्दु नारीको हरितालिका ‘तीज’ पर्व आज (आइतबार) देखि सुरु हुँदैछ। तीजको व्रतको तयारी स्वरूप अघिल्लो दिन दरको रुपमा मीठा- मीठा परिकार खाने चलन छ।

दर खाएपछि नै तीजको सुरुवात भएको मानिन्छ। भोलि (सोमबार) तीजको व्रत बस्नका लागि शरीरमा शक्ति रहिरहोस भनेर आज राति अबेर दर खाने तयारी गरेका छन्।

विशेषगरी माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ। 

तीजको व्रत निराहार बस्ने भएकाले व्रतका दिन आडिलो बनाउँछ भनेर दर खाने चलन चलिआएको छ।

३१ भदौ, २०८०, १२:४४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।