पारस-बालेन भेट : काठमाडौंका विद्यालय र वडामा क्रिकेट नेट र प्रशिक्षकको व्यवस्था गर्ने सहमति

पारस-बालेन भेट : काठमाडौंका विद्यालय र वडामा क्रिकेट नेट र प्रशिक्षकको व्यवस्था गर्ने सहमति

काठमाडौं : काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमाा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने भएको छ।

महानगर प्रमुख बालेन्द्र शाह बालेन र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तामा यस्तो सहमति भएको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताए।

त्यस्तै, कुशल प्रशिक्षकहरूको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आईसीसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए।

जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले जनाएका छन्।

२९ भदौ, २०८०, १७:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।