दीपक र दीपा बने हल सञ्चालक, ‘आइएनआई सिनेमाज्’ आजबाट सञ्चालनमा

दीपक र दीपा बने हल सञ्चालक, ‘आइएनआई सिनेमाज्’ आजबाट सञ्चालनमा

काठमाडौं : कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले चलचित्र हल सञ्चालनमा ल्याएका छन्। 

काठमाडौंको नयाँ बानेश्वर चोकस्थित रहेको  हल  ‘आइएनआई सिनेमाज्’ आजबाट सञ्चालनमा आएको हो।  

हलको एक भव्य कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र हास्य कलाकार हरिवंश आचार्यले शुक्रबार बिहान उद्घाटन गरेका छन्। 

हलको उद्घाटनपछि उनीहरूले कलाकारहरु गिरी र निरौलाको समूहले नेपाली सिनेमा उद्योगमा ठूलो योगदान पुर्याएकाे भन्दै हल सञ्चालनसँगै थप महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको बताए । 

हलमा आजबाट प्रदर्शनमा आएका सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन–२’ प्रदर्शन हुने छन्। 

हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गरेको बताइएको छ। 

दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र क्षेत्रबाट कमाएको केही पैसा यही क्षेत्रमा लगानी गर्ने सोचका कारण सिनेमा हल बनेको बताएका छन्। हलमा १० करोड रुपैयाँ लगानी रहेको छ।

हलबाट ५० प्रतिशत सेयर निर्मातालाई दिने दीपकले बताए। चलिरहेको नेपाली सिनेमा आफूले ननिकाल्ने पनि उनले बताए। दुईवटा स्क्रिन रहेको सिनेमा हलको दर्शक क्षमाता ३८७ सिट रहेको छ।  
 

२९ भदौ, २०८०, १२:५४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।