प्रधानमन्त्री प्रचण्डसँग खेलाडीको सेल्फी (तस्बिरहरू)

प्रधानमन्त्री प्रचण्डसँग खेलाडीको सेल्फी (तस्बिरहरू)
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको बिदाइ गरियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई खादाल लगाएर सम्मानका साथ बिदाइ गरे।

सोही अवसरमा उनले खेलाडीलाई यसअघि घोषणा गरिएका सम्पूर्ण पुरस्कार रकम शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले रकम निकासा गर्ने भन्दै खेलाडीलाई प्रोत्साहित गरे।

उनले आफू एसियाली खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुनेसमेत जानकारी गराउँदै खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरे।

बिदाइ समारोहका क्रमा खेलाडीहरूले प्रधानमन्त्री दाहालसँग सेल्फीसमेत खिचे।

२३ सेप्टेम्बरबाट चीनको हाङझाओमा सुरु हुने १९औं एसियाली खेलकुदमा नेपालकोबाट २९ वटा खेलमा २५३ जना खेलाडी सहभागिता जनाउँदैछन्।

२८ भदौ, २०८०, १८:४१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।