काठमाडौं वडा नम्बर १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

काठमाडौं वडा नम्बर १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ।

सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गर्ने निर्णय भएको थियो।

वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो।

यसैबीच वडा कार्यालयले सोमबार उनको निधनमा श्रद्धान्जलि सभाको आयोजना गरेको थियो।

२५ भदौ, २०८०, १९:११:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।