लेखा अधिकृतसँग यौन हर्कत गर्ने प्रशासकीय अधिकृतलाई बाह्रदशी गाउँपालिकाले १३ दिनमै फिर्ता पठायो

लेखा अधिकृतसँग यौन हर्कत गर्ने प्रशासकीय अधिकृतलाई बाह्रदशी गाउँपालिकाले १३ दिनमै फिर्ता पठायो

काठमाडौं : इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकाले १३ दिनमै फिर्ता पठाएको छ। 

गाउँपालिकामा रहँदा आफ्नै कार्यालयकी महिला लेखा अधिकृतसँग राईले यौन हर्कत गरेको सीसीटीभी फुटेज  केहिदिन अघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। 

माइजोगमाई गाँउपालिकाबाट सरुवा भएर यही भदौ १२ गते उनी झापाको बाह्रदशी गाउँपालिकामा हाजिर भएका थिए।

तर उनलाई १३ दिनमै गाउँपालिकाबाट फिर्ता पठाउने निर्णय गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईले बताए।  

आफ्नै कार्यालयमा कार्यरत कर्मचारीसँगको अश्लिल हर्कतको भिडिओ सार्वजनिक भएपछि कार्यालयमा नराख्न भन्दै चौतर्फी दवाव आएको अध्यक्ष चम्लागाईको दाबी छ। 

प्रमुख प्रशासकीय अधिकृत राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृत पठाउँन आफूले स्थानीय विकास मन्त्रालयलाई पनि पत्र पठाइसकेको उनले बताए। 

यसअघि आफ्नै कार्यालयकी सहकर्मी युवतीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि राईले चार वर्षअघि पाएको अवार्ड खोसिएको थियो। 

२५ भदौ, २०८०, ११:४६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।