महानगरमा अनधिकृत प्रचार सामग्री टाँस्ने र वितरण गर्ने नियन्त्रणमा, तिराइयो जरिवाना

महानगरमा अनधिकृत प्रचार सामग्री टाँस्ने र वितरण गर्ने नियन्त्रणमा, तिराइयो जरिवाना

काठमाडौं : अनधिकृत प्रचास सामग्री टाँस्ने, वितरण गर्ने तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ।

विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

उनीहरूमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरूको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गरेका थिए।

महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरूमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ।

२२ भदौ, २०८०, २०:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।