रास्वपाले मधेस प्रदेशमा प्रशिक्षण गर्दै

रास्वपाले मधेस प्रदेशमा प्रशिक्षण गर्दै

काठमाडौं  ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेशमा प्रदेशस्तीय प्रशिक्षण आयोजना गर्ने भएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको नीति, सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर भदौ १६ र १७ गते मधेशमा प्रशिक्षण आयोजना गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्याले बताए। 

‘हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ उनले भने।

पक्षिणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाह, रमेश प्रसाई लगायतका नेताहरुले प्रक्षिण दिने उनले बताए।

१५ भदौ, २०८०, १२:१४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।