शौचालयको डिजाइन छानेर टेन्डर प्रकियामा जान वडा कार्यालयलाई महानगरको परिपत्र

शौचालयको डिजाइन छानेर टेन्डर प्रकियामा जान वडा कार्यालयलाई महानगरको परिपत्र

काठमाडौं : काठमाडौं महानगरपालिकाले मातहतका वडालाई सार्वजनिक शौचालयको डिजाइन छनोट गर्न परिपत्र गरेको छ।

मंगलबार सूचना निकालेर महानगरले उपलब्ध गराएको चारमध्ये आफ्नो स्थानलाई उपयुक्त हुने ड्रइङ्ग, डिजाइनमध्ये उपयुक्त डिजाइन छनोट गरी टेन्डरमा जान परिपत्र गरेको हो।

महानगरले यसका लागि थप सहयोग र जानकारी आवश्यक परेमा सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्कगर्नसमेत वडा कार्यालयहरूलाई आग्रह गरेको छ।

२०७९ पुस १८ गते बसेको महानगरको कार्यपालिका बैठकले वडा कार्यालयलाई सार्वजनिक शौचालय बनाउन उपयुक्त स्थान पहिचान गरी आफ्नो वडा क्षेत्रभित्र सुविधा सम्पन्न, आधुनिक शौचालय बनाउने अधिकार प्रत्यायोजन गरेको थियो।

१३ भदौ, २०८०, ०९:०५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।