गाईजात्राको दिन यी मार्ग प्रयोग नगर्न महानगरको आग्रह

गाईजात्राको दिन यी मार्ग प्रयोग नगर्न महानगरको आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाले गाईजात्रा हुने मार्गमा सवारीलाई प्रवेशमा निषेध गर्ने भएको छ।

बुधबार सार्वजनिक सूचना निकालेर महानगरले बिहीबार र शुक्रबार दुई दिन हुने गाइजात्रामा जात्रा हुने मार्गहरूमा सबै प्रकृतिका सवारी साधनलाई उक्त दिन निषेधन गरिएको सूचना निकालेको हो।

केलटोलबाट सुरु हुने जात्रा ईन्द्रचोक, मखन, हनुमानढोका दरबार परिसर, जैशिदेवल, मरू टोल, चिकँमुगल, ज्याबहाल, लगन चोक, गोफल, ब्रम्हटोल, वन्डे,  ह्युमत, जैशिदेवल, कोहिटि, भिमसेनस्थान, मरू टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, बाङ्गेमुढा, न्हैकन्तला असन कमलाछि भोताहिटि हुँदै असन पुगेर टुंगिनेछ।

१३ भदौ, २०८०, ०८:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।