डा. साहको ‘गर्भको गर्व’ विमोचन

डा. साहको ‘गर्भको गर्व’ विमोचन

काठमाडौं : डा. बालकृष्ण साहको पुस्तक ‘गर्भको गर्व’ विमोचन भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन गरिएको हो।

शब्दमिडिया प्रालिले प्रकाशन गरेको पुस्तक सिर्जनात्मक गैरआख्यान भएका लेखक साहले बताए। पुस्तकमा नेपालमा एक लाख सन्तान जन्मदा एक सय ५१ जना गर्भवतिको मृत्यु हुने विषय उल्लेख गरेका छन्।

कार्यक्रममा डा. साहले कुनै रोग नलागी, केवल सन्तान जन्माउँदा यति धेरै गर्भवतिको मृत्यु हुनु दुःखद् भएको बताए।

नेपालमा मातृ मृत्युदर घटाउन सामाजिक अभियानकै रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले पुस्तकमा यस्तै सचेतनाका विषय समिटिएको जानकारी दिए।

पुस्तकमा ‘छोरी किन भएछु’, ‘चेलीका पीडा’, ‘प्रितिको जित’, ‘रगतको जात’, ‘छोरीको माइती’, ‘त्यो लडाइँ’, ‘युद्ध जितेको रात’ जस्ता शीर्षकका गैरआख्यान समावेश छन्।a

११ भदौ, २०८०, १९:४५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।